जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त
काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।
जगदम्बा मोबाइल्स प्रा.लि.का कार्यकारी निर्देशक सक्षम जाटियाले भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँगको सहकार्यले ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताए । त्यस्तै बोल्टका सहसंस्थापक वरुण गुप्ताले यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको बताए । जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउने उनको विश्वास थियो । सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स्अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।
कम्पनीका अनुसार यी सबै मोडलहरु दराजलगायत जगदम्बा मोबाइल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् । २०१७ मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्ट पछिल्लो आइडिसि प्रतिवेदन अनुसार भारतमा २०२३ मा सबैभन्दा छिटो वृद्धि भइरहेकोे वेरेबल ब्राण्ड हो । बोल्टका अत्याधुनिक हेडफोनहरूदेखि स्पिकरहरूले स्टाइल, नवीनता र उत्कृष्ट ध्वनि प्रदर्शनको उत्कृष्ट मिश्रणलाई मूर्त रूप दिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया