स्वीच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जमा
काठमाडौं । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोबाइल फोनहरु बेच्ने स्वीच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जको धम्बोजी चोकमा सञ्चालनमा आएको छ ।
सो शोरुमको प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणा र नेपालगञ्ज नगरपालिकाका प्रमुख प्रशान्त बिष्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा स्वीच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशक सीमा गोल्छाको पनि उपस्थिति थियो । कम्पनीको काठमाडौँ उपत्यकाभित्र नक्साल र भक्तपुर गट्ठाघरमा स्वीच अनको शोरुम सञ्चालनमा रहेको छ । नेपालगञ्ज ठूलो महत्वको बजार भएकाले कम्पनीको तेस्रो शोरुम यहाँ खोलिएको कम्पनीकी प्रबन्ध निर्देशक गोल्छाले जानकारी दिइन् । ‘यो पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगञ्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगञ्ज नै पहिलो रोजाइमा पर्यो’, उनले भनिन् ।
विगत पाँचवर्षदेखि सञ्चालनमा रहँदै आएको स्वीच अन शोरुमा मोबाइल, टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ । यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानोसँग नयाँ साटेर लिने) सुविधा पनि उपलब्ध हुनेछ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पूरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेटभन्दा बढी समय लाग्दैन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
- कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया