काठमाडौं । ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो सोरुमको स्थापना गरी बिक्री सुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेतामध्येको एक हो । गत १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभर ६६ राष्ट्रहरूमा ११ सयभन्दा बढी होमस्टेहरू छन् ।
ऐसलेको नेपालमा आधिकारिक बिक्रेताको रूपमा एसएन जोशी एन्ड सन्स कम्पनी प्रालि रहेको छ । एसएन जोशी एन्ड सन्स कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहेको छ । विश्व विख्यात ऐसले ब्राण्डले नवीनता, गुणस्तरीयता, ग्राहक सन्तुष्टिमा विश्वभरि आफ्नो झण्डा गाडी सकेको छ । ऐसले फर्निचरले विश्वभरि करोडौं उपभोक्ताहरूको मन जितिसकेको दाबी गरेको छ । टेकुस्थित ऐसलेको सोरुम चार हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ । यहाँ ग्राहकहरूले विभिन्न आधुनिकरूपमा लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जासहित चाहिने सर–सामानहरूको उपलब्धता रहनेछ । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनसहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बेइजिङमा प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइयो
- तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
- प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता
- नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री
- बजेट व्यवस्थापनमा किन कमजोर लुम्बिनी ?
- नेपाली युवायुवती : आखिर कोही किन छाड्छन् देश ?
- अध्यादेशबाट बजेट ल्याउने अभ्यास नहोस्
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया