नाडेप लघुवित्तको तेस्रो त्रैमासिक नाफामा उच्च गिरावट
काठमाडौँ, असार ११
नाडेप लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक खुद मुनाफामा गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुुलनामा उच्च अंकले गिरावट आएको छ । संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा सात लाख ३३ हजार आठ सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६८ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता ३६ करोड ८० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संंकलन गरी चार अर्ब १४ करोड सात लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ९७ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ३९ लाख तीन हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात आठ दशमलव ४२ प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने एक अर्ब पाँच करोड ६४ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड ६७ लाख ९७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ७९ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड २८ लाख ५५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया