झिम्रक,असार १७
प्युठानको झिम्रुक गाउँपालिकामा प्राविधिकको सर्वेविपरीत कुलो निर्माण समितिले खेतभन्दा मुनिबाट कुलो निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ को डुंगोला भीमसेन कुलो निर्माण समितिले प्राविधिकले सर्वे नै नगरेको ठाउँबाट कुलो निर्माण कार्य अगाडि बढाएको स्थानीयले बताएका छन् ।
कुलो निर्माण समितिले स्थानीय उपभोक्तसँग छलफल तथा सहमति नगरिकन आफ्नो मनोमानी ढंगबाट सर्वे नै नभएको ठाउँबाट एकलौटी ढंगले कुलो निर्माण गरेको स्थानीयको भनाइ छ । निर्माण समितिमा पनि अध्यक्षले कोषाध्यक्ष र केही सदस्यहरूको कुरा समेत नसुनी आफूखुशी कुलो निर्माण गरेका हुन् । गाउँपालिकाको स्थानीय प्राविधिक सितल आचार्यले आफूले सर्वे गरेको कुलो निर्माणाधिन कुलो नभई अलि माथि भएको बताएका छन् ।
निर्माणधिन कुलो बनाउन आफूसँग कुनै सल्लाह समेत नगरेको उनको भनाइ छ । सर्वेविपरीत निर्माण गरिएको कुलोको निर्माणकार्य तत्काल रोक्नका लागि स्थानीयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाललाई जानकारी गराए पनि काम नरोकिएको बताएका छन् । गतसाल पनि उक्त कुलो निर्माणको क्रममा विवाद देखिए पनि कुलोको सर्वे रोकिएको थियो ।
स्थानीयले उपभोक्ताले उक्त कुलो निर्माण कार्य तत्काल रोकी सबैको सहमतिमा कुलो निर्माण गर्न आग्रह गरेका छन् । खेतभन्दा मुनिबाट कुलो बनाएर कस्तो विकास गर्न खोजेको भन्दै स्थानीय उपभोक्ता आक्रोशित समेत बनेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया