महालक्ष्मी विकास बैंकद्वारा राहत प्याकेज वितरण
काठमाडौं असार १९
महालक्ष्मी विकास बैंकले कोरोना भाइरस (कोभिड–१९)का कारण मारमा परेका परिवारहरूलाई राहत दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त राहत सामग्री सहयोग गरेको जनाएको छ ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरि गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरूले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरूका लागि राहात प्याकेज वितरण गर्नका लागि ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।
बैंकका अनुसार यही असार १६ गते बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरूको जीवनयापनमा मदत पुग्ने विश्वास बैंकले लिएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड ७३ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३८ करोड ७९ लाख छ हजार एक सय १४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ अर्ब ४३ करोड ९६ लाख ५५ हजार एक सय १३ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड २२ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १९ करोड ८९ लाख ४४ हजार दुुई सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७१ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ लाख ७३ हजार तीन सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया