मेक्सिकोद्वारा अमेरिकासँगको सीमा कडा गर्न माग
अमेरिका, असार २१
मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रलाई कडा पार्ने र त्यसका लागि पर्खाल नै लगाउने भनेर अमेरिकाले प्रस्ताव गर्ने गरेको थियो । तर अहिले भने मेक्सिकन अधिकारीहरुले अमेरिकासँग जोडिएको आफ्नो देशको सीमा क्षेत्रलाई कडा पार्न माग गरेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएका छन् । त्यसैले आफ्नो देशलाई यसबाट सुरक्षित राख्नका लागि मेक्सिकोले पनि सीमा क्षेत्रमा कडाइ गर्न माग गरेको हो ।
अमेरिकाको टेक्सास राज्यमा कोभिड १९ को संक्रमण निकै बढिरहेको छ र यसका कारण मेक्सिकोको उत्तरी क्षेत्रमा असर पर्ने देखिएको मेक्सिको अधिकारीले जनाएका छन् । मेक्सिकोको तमाउलीपास राज्यका गभर्नरले अमेरिकासँगको सीमा क्षेत्रलाई बढी कडाइ गर्न माग गरेका हुन् । उक्त राज्यका गभर्नर जेभियर ग्रेसिया क्याभेजाले मेक्सिकोको सरकारलाई टेक्सास सँगको सिमानामा कडाइ गर्ने नीति बनाउन आग्रह गरेका हुन् । गभर्नर क्याभेजालाई पनि कोरोना भाइरसको पोजेटिभ भएको छ । उनीसहित टेक्सासको सीमाक्षेत्रमा पर्ने अर्काे एक राज्यका गभर्नरलाई पनि पोजेटिभ भएको छ ।
अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ भने पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संक्रमण र यसका कारण मृत्यु हुनेको संख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया