कोरोनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने
अमेरिका, असार २१
विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।
यसअघि उक्त संगठनले चीनको वुहानबाट सुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् । कोभिड १९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट सुरु भएको बताइएको छ ।
उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ । चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण सुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् । यसको संक्रमण अझै पनि कम भएको छैन ।
उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो । विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गरेका थियो । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया