नियामकीय क्षमता सुधारका लागि ऋण खोज्दै पाकिस्तान
इस्लामाबाद, असार २२
पाकिस्तानी सरकारले आर्थिक वृद्धिदर तथा प्रतिस्पर्धी क्षमता वृद्धि गर्दै नियामकीय व्यवस्थापन सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकसँग २५ करोड अमेरिकी डलर ऋण मागेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार ‘द रिजिलिएन्ट इन्स्टिच्युसन फर सस्टेनेबल इकोनोमी कार्यक्रमका लागि उक्त ऋण दिन आग्रह गरेको अनलाइन पोर्टल डनले जनाएको छ ।
यो कार्यक्रमले सामाजिक रक्षा तथा आर्थिक लचकतालाई प्रवर्द्धन गर्छ भने यसबाट अर्थतन्त्रको उत्पादकत्व क्षमतामा हुने दीर्घकालीन क्षतिलाई टार्छ । यसमा राष्ट्रिय अर्थतन्त्रको मानव पुँजी पनि समावेश हुने बताइएको छ । ‘द राइज’ कार्यक्रम एआईआईबीको कोभिड १९ संकट उत्थान सुविधाअन्तर्गत हुने र विकास नीति लगानीको रुपमा विश्व बैंकसँगै लगानी हुने बताइएको छ ।
महामारीले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको रोकथाम तथा नियन्त्रणलाई समेट यही कार्यक्रमले समेट्नेछ । यसको मुख्य दृष्टि चलायमान अर्थतन्त्र, स्वास्थ्य र सामाजिक क्षेत्रको खर्चमा रहने बताइएको छ । यसले प्रतिकूल स्वास्थ्य र आर्थिक झट्कालाई न्यूनीकरण गर्न नीति र संस्थागत कार्यमा सघाउ पु-याउनेछ । यी कार्य हुँदा अर्थतन्त्रको व्यापक व्यवस्थापनमा मध्यावधि सुधारलाई प्रवद्र्धन हुने, आर्थिक वृद्धि र आर्थिक लचकताका लागि प्रतिस्पर्धी हुने गरी बलियो संस्थागत सुधार हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया