सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा साउन २२ गतेबाट अध्ययन सुरु हुने
महेन्द्र शाही
सोलुखुम्बु, साउन ५
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पठनपाठन सुचारु गर्नेभएको छ । गाउँ शिक्षा समितिको बैठकले संक्रमण बढेमा वा नेपाल सरकारबाट विशेष निर्देशन परिपत्र भएमा सोहीबमोजिम हुनेगरी हाललाई साउन २२ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । साउन ५ गतेभित्र जिल्लाबाहिर रहेका शिक्षक तथा कर्मचारीहरू सम्पर्कमा आई १४ दिनको होम क्वारेन्टाइनमा बसेपछि मात्रै पठनपाठन सुरु हुने अध्यक्ष असिम राईले जानकारी दिए ।
जिल्लाबाहिर रहेका शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्कन भनिएको अध्यक्ष राईको भनाइ छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण गत चैत्रदेखि विद्यालय बन्द रहेको अवस्थामा थुलङ दूधकोशी गाउँपालिकाले उच्च सतर्कता अपनाएर पठनपाठन सुरु गर्न लागेको अध्यक्ष राईले बताए । विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी अनिवार्य कायम गर्ने, जंक फुडलाई निरुत्साहित गर्ने र विद्यालय सञ्चालनका सम्बन्धमा विद्यालयहरूले वडा शिक्षा समितिसँग समन्वय गरी अभिभावकहरूलाई अभिमुखीकरण गर्नेसमेत निर्णय गरेको छ ।
लकडाउनका कारण सबैभन्दा बढी शिक्षा क्षेत्र तहसनहस भएको बताइएको छ । जिल्लामा पठनपाठन सञ्चालन गर्ने निर्णय गर्ने थुलुङ दूधकोशी गाउँपालिका पहिलो बनेको छ । अन्य स्थानीय तहले यस विषयमा कुनै योजना बनाएका छन् । तर अधिकांश स्थानीय तहले विद्यालय सञ्चाल गर्ने विषयमा कुरा भइरहेको बताइरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया