भीरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु
दोलखा, साउन १४
दोलखाको विगु गाउँपालिका–४ लादुकको सिंगटीमा मंगलबार बिहान घरमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ८ बजे करिब पाँच सय मिटर माथिको भीरबाट खसेको ढुङ्गाले लागेर घाइते भएकी ३५ वर्षीया रेणु थामीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गाले लाग्दा घरको जस्तापाता र ढुङ्गाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरीकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मृतक थामीको टाउकोपछाडि र दाहिने घुँडामुनि चोट लागेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया