काठमाडौं, साउन १६
कोभिड १९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा निरन्तर उकालो लागि रहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला ९९ हजार रूपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको हो । बिहीबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९८ हजार पाँच सय ६० रूपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रूपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य बुधबारभन्दा बिहीबार प्रतितोला २० रूपैयाँले घटेको हो । कोभिड १९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सय रूपैयाँले बढेर ८७ हजार रूपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोबार भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया