अमेरिकी अर्थतन्त्र वार्षिक ३२.९ प्रतिशत दरमा खुम्चियो
वासिङटन, साउन १६
अमेरिकी अर्थतन्त्र अहिलेसम्मकै खराब अवस्थामा गुज्रिएको छ । अमेरिकी मिडियाहरुका अनुसार अप्रिल–जुन अवधिमा वार्षिक ३२.९ प्रतिशतको वार्षिक दरमा अमेरिकी अर्थतन्त्रमा संकुचन आएको हो । बिहीबार ब्युरो अफ इकोनोमिक एनालाइसिसले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।
कोरोना भाइरस संक्रमण फैलिने क्रममा विश्वमहामारी बनेपछि गरिएको लकडाउनले आर्थिक क्रियाकलाप शून्य हुँदा अमेरिकी अर्थतन्त्रलाई नराम्रो प्रभाव परेको छ । लकडाउनेले अमेरिकी अर्थतन्त्र ११ वर्षयताकै खराब अवस्थामा पुगेको थियो । महामारीअघि अमेरिकी अर्थतन्त्रले अत्यन्त राम्रो लय समातेको थियो । पाँच वर्षयता लय समातेको अर्थतन्त्र केही महिनामै तहसनहस भएको हो । महत्वपूर्ण द्वित्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन घटेको छ । जनवरी र मार्चमा जीडीपी ५ प्रतिशतले घटेको छ ।
यसलाई असामान्य मानिएको सीएनएनले जनाएकाो छ । सार्वजनिक स्वास्थ्य र आर्थिक संकटलाई मिलाउने हो भने नसोचेको क्षति अर्थतन्त्रले व्यहोरेको बताइएको छ । अप्रिलमा २ करोड रोजगारी अमेरिकाले गुमाएको थियो । सो अवधिमा सबै व्यवसाय बन्द भएपछि यस्तो भएको थियो । जुन ८० वर्षयताकै ठूलो रोजगारी गुम्नु भएको बताइएको छ । अहिले अमेरिकीहरु बेरोजगार रहेको भन्दै राज्यले दिएका सुविधाको प्रयोगका लागि लालायित देखिएका छन् ।
केही राज्यहरुले व्यवसाय खोल्न थालेपछि भने अर्थतन्त्रलाई मद्दत मिलिरहेको बताइएको छ । खुलेका व्यवसायमा लाखौँ मानिस काममा फर्किए पनि अझै ठूलो संख्यामा अमेरिकीहरु बेरोजगार बनिरहेका छन् । जुलाईको रोजगारी रिपोर्ट आउनलागेको छ । उक्त रिपोर्टले २३ लाख रोजगारी सिर्जना भएको देखाउनसक्ने सीएनएनले समाचारमा जनाएको छ । त्यसले बेरोजगारी दर १०.३ प्रतिशतमा झार्ने अनुमान छ । अहिले अमेरिकामा उपभोक्ता खर्च दर ३४.६ प्रतिशतले घटेको छ । उपभोक्ता खर्चलाई अर्थतन्त्र हाँक्ने संयन्त्र समेत मानिन्छ । अप्रिल र जुनमा मात्रै जीडीपी साढे ९ प्रतिशतले घटेको छ । यो भनेको १८ खर्ब अमेरिकी डलरबराबरको हो ।
अमेरिकाले सन् १९४७ देखि त्रैमासिक रेकर्ड राख्न सुरु गरेको थियो । सन् १९३२ मा अमेरिकी अर्थतन्त्रमा १२.९ प्रतिशतले संकुचन आएको थियो । सन् १९८० को जुन र अप्रिलबीचमा अमेरिकी अर्थतन्त्रले ८ प्रतिशतको संकुचन सामना गरेको थियो । त्यस्तै सन् १९५८ को पहिलो तीन महिनामा जीडीपी वार्षिक १० प्रतिशत दरमा घटेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया