सामाजिक सञ्जालमा प्रकाशित हुने समाचारको रकम मिडियालाई दिनुपर्ने
ब्रिसवेन, साउन १८
अस्ट्रेलियाको सरकारले नयाँ आचारसंहिता बनाएर गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालमा प्रकाशित हुने समाचारको पैसा सम्बन्धित मिडियालाई तिर्नुपर्ने आचारसंहिता ल्याउने भएको छ । समाचारको पैसा तिर्न यी कम्पनीलाई बाध्य पारिने गरी आचारसंहिता आउनलागेको बीबीसीले जनाएको छ । यो वर्ष कोरोनाका कारण धेरै मिडिया आउटलेटले रोजगारी कटौती गरेका छन् भने कतिपय मिडिया नै बन्द भएको अवस्थामा यो आचारसंहिताले केही राहत पुग्ने विश्वास गरिएको छ ।
फेसबुक र गुगलले भने यो योजनाको विरोध गरेका छन् । उनीहरुले अस्ट्रेलियाको न्युज मार्केट नै छोड्ने चेतावनी दिएका छन् । अस्ट्रेलियाको नियामक निकायले यसको आचारसंहिताको मस्यौदा बनाइसकेको छ । यसलाई अस्ट्रेलियन संसदमा पेस गरेर छलफल चलाइने भएको छ ।यसको कार्यान्वयन नगरे यी कम्पनीमाथि लाखौँ डलर जरिवाना गरिने व्यवस्था समेत रहेको बताइएको छ । अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसनले आचारसंहिताको मस्यौदा बनाएको हो ।
यसले मिडिया कम्पनीलाई प्रविधि कम्पनीमा प्रकाशित हुने समाचारहरुबारे छलफल र सहकार्य गर्न अनुमति दिनेछ । यदि यस्तो छलफलमा कुरा नमिले अस्ट्रेलियन कम्युनिकेसन एन्ड मिडिया अथोरिटीले मध्यस्थता समेत गर्न सक्नेछ । जरिवाना रकम १ करोड अस्ट्रेलियन डलरसम्म तोकिएको छ । यदि प्रविधि कम्पनीले उल्लंघन गरे उक्त रकम वा कम्पनीको स्थानीय कारोबारको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ । यो आचारसंहिता संसदमा पेस हुनुअघि लामो परामर्श हुनेछ । यदि यो संसदबाट पास भए प्रविधि कम्पनीहरुले समाचारजन्य विषयवस्तुको सम्बन्धित मिडियालाई पैसा तिर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया