कोरोनाका कारण विश्वमा ६ लाख ८९ हजारको मृत्यु
बेइजिड., साउन १९
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल संक्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २ सय ७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५ सय २२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९ सय १ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८ सय ७६ जना संक्रमित भएका छन् भने ९३ हजार ६ सय १६ जनाको मृत्यु भएको छ ।
जापानमा संक्रमित बढे : यसैबीच, जापानमा कोभिड–१९ संक्रमितको संख्या विगत २४ घण्टामा एक हजार ३ सय ३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ । जापानमा विगत पाँच दिनदेखि संक्रमितको संख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार संक्रमितको संख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
जापानले सुरूमा कोभिड संक्रमितको संख्या नियन्त्रण गर्न सफल भएको देखिएको भए पनि दोस्रो शृंखलामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । जापानको सबैभन्दा बढी प्रभावित सहर राजधानी टोकियोमा अहिलेसम्म संक्रमितको संख्या १३ हजार ४ सय ५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा संक्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा संक्रमितमध्ये २६ हजार ५ सय ६५ जना निको भई घर फर्किएका छन् । त्यस्तै संक्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या मात्रै ८३ रहेको बताइएको छ ।
जापान संक्रमितको उपचारमा सफल देखिएको तथ्यांकले देखाउँछ तर पछिल्ला दिनहरूमा संक्रमितहरूको संख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ । सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
- भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
- विश्वविद्यालय र उद्योगहरूबीच सहकार्यको सम्भावनाका बारेमा छलफल
- मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक: नाडा
- ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया