दोलखा, साउन २७
वाग्मती प्रदेश सरकारले दोलखाका बाढी–पहिरो प्रभावित स्थानीय तहलाई ६० लाख रकम उपलब्ध गराउने भएको छ । वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको आइतबारको निर्णयअनुसार सो रकम उपलब्ध गराइने भएको हो । बैठकले बाढी–पहिरो प्रभावित दोलखाका तीन स्थानीय तहलाई तत्काल उक्त रकम राहतका लागि उपलब्ध गराउने निर्णय गरेको दोलखा प्रदेश क्षेत्र(क) का प्रदेशसभा सदस्य विशाल खड्काले बताए ।
प्रदेश सरकारले उपलब्ध गराउने रकमबाट बाढी–पहिरोपीडितलाई थोरै भए पनि राहत पुग्ने उनको भनाइ छ । समितिको निर्णयअनुसार गौरीशंकर गाउँपालिकालाई ३० लाख रूपैयाँ उपलब्ध गराइने तथा कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकालाई १५/१५ लाख उपलब्ध गराइने जानकारी खड्काले दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया