जुन महिनामा भारतीय औद्योगिक उत्पादनमा साढे १६ प्रतिशत गिरावट
नयाँ दिल्ली, साउन २८
कोरोना महामारीका कारण भारतीय औद्योगिक क्षेत्रको उत्पादनमा जुनमा १६.६ प्रतिशतको गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार निर्माण, खनिज तथा बिजुली उत्पादन कम हुँदा औद्योगिक उत्पादनमा त्यसको असर देखिएको हो । यो वर्षगत तुलनामा देखिएको गिरावट हो । तर मासिक आधारमा भने औद्योगिक उत्पादनमा सुधार भइरहेको बताइएको छ । मंगलाबार सार्वजनिक गरिएको तथ्यांकअनुसार निर्माण क्षेत्रको उत्पादनमा १७.१ प्रतिशत तथा खनिज र बिजुली उत्पादनमा क्रमशः १९.८ तथा १० प्रतिशत गिरावट आएको छ ।
तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीपछिका महिना र कोरोनाअघिका महिनाको तथ्यांकसँग तुलना गर्नु उपयुक्त नहुने बताइएको छ । अप्रिलमा औद्योगिक उत्पादन सूचकांक ५३.६ रहेकोमा मेमा सुधार हुँदै ८९.५ मा आएको थियो भने जुनमा अझै सुधार भएर १०७.८ मा आइपुगेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले औद्योगिक गतिविधि मार्चपछि पूर्ण ठप्प रहेको थियो । पछि यसमा छुट दिइएको थियो । सोही कारण अहिले निरन्तर सुधार भइरहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया