पहिरोपीडित २२ घरपरिवारलाई खाद्यान्न सामग्री
काठमाडौं, साउन ३०
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधूरीलाई प्रेम–पूर्ण–प्रताप फाउन्डेसन नेपाल दोलखाले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । गौरीशंकर गाउँपालिका वडा नं. ८ टुनिटारका ७ घरपरिवार र सोही गाउँपालिका ६, ७, ८ का अन्य १५ घरपरिवार गरी २२ घर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।
फाउण्डेसनले बुधबार प्रतिपरिवार एक बोरा चामल, दाल, दुई लिटर तेल, चिनी, चियापती, साबुनलगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो । फाउन्डेसनकी संरक्षक पद्मा प्रधानले उक्त सामग्री वितरणको लागि आर्थिक सहयोग गरेकी हुन् । उनले नेपालका विभिन्न जिल्लाहरुमा बाढीपीडित, मिर्गौला पीडित, शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया