कोरोना भाइरसका बारेमा देशमा परेको डरलाग्दो मानसिक अवस्थालाई सरकारले घटाउन सकेन । जसका कारण कोरोनाको संक्रमणले भन्दा त्यसको नामबाट नागरिकको ठूलो संख्या मृत्यु हुनेगरेको अवस्था झन्झन् बढ्दै गएको छ । यो पछिल्लो समयको दुःखद पक्ष हो । यसले खासगरी राज्यमा आफ्नो पहुँच कतै नभएका नागरिकमा डरलाग्दो अवस्था खडा भएको छ । त्यो कोरोनाको कहरभन्दा पनि ठूलो र डरलाग्दो रूपको छ । सत्तामा पहुँच नभएकाहरूले कोरोनाभन्दा बाहिरको रोगमा उपचार समेत नपाएर ज्यान गुमाएकाहरूको संख्या दिनदिनै बढनु, रोक्न सकिने मृत्युलाई खुला गरिनु पनि हो । यो कुनै एक ठाउँमा मात्र नभएर देशैभरिको समस्या हो । कोरोनाको विस्तारजस्तै यसले अर्को महामारीको रूप लिँदा पनि सरकार मौन र यथास्थितिमा बस्नु निन्दनीय काम हो ।
पछिल्लो समय धनुषाको नगराइन नगरपालिका–३ फूलगामाका एक युवाको अस्पतालले भर्ना नलिँदा ज्यान गुम्यो । जनकपुरको प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाडौँ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । समाचार विवरणअनुसार सामान्य श्वासप्रश्वासमा समस्या भएपछि उनलार्ई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु-याइएको थियो । उनलार्ई स्वास्थ्यकर्मीले टाढैबाट पीसीआर परीक्षण गराएर आउन सल्लाह दिए ।
बिरामीको सामान्य उपचार गर्न पीसीआर चाहिने र पीसीआर रिपोर्ट आउन तीन/चार दिन लाग्ने भएपछि अनुमान गरौँ अवस्था कस्तो होला । बाँच्नको लागि एक झोक्का साससमेत तान्न नसकेको अवस्थामा चार/पाँच दिन लाग्ने पीसीआर परीक्षण रिपोर्ट नआई चिकित्सिकहरू प्रारम्भिक उपचारका नाममा हेर्न पनि चाहँदैनन् । यस्तो अवस्थामा त्यस्ता बिरामीको हालत के होला अनुमान गर्न सकिन्छ । एउटा त अस्पतालभर्नामै समस्या र भर्ना भएपछि पनि उपचारबिनाको पर्खाइ र परीक्षणको अभाव तथा रिपोर्टको ढिलाइले बिरामीको ज्यान लिएका घटना पटक–पटक दोहोरिरहेका छन् । बिरामीलार्ई सास फेर्न सकस भइरहेको बेला जति प्रयत्न गर्दा पनि डाक्टर उपचारका लागि तयार नभएपछि १० घण्टा बिनाउपचार झुलाइदिएकै कारण उनलार्ई बचाउन नसकिएको गुनासो बिरामीका आफन्तले गरिरहेका छन् ।
यो घटना एउटा प्रतिनिधि मात्र हो । यसअघि वीरगञ्जमा एक युवतीको सातवटा अस्पताल घुमाउँदा पनि भर्ना नलिएको अवस्थामा मृत्यु भएको र मुत्युपछि परीक्षण गर्दा कोराना नभएको देखियो । यही ठाउँमा केही दिनअघि मात्र एक वृद्ध दम्पत्तीले आफ्नो छोरालाई काँधमा बोकेर अस्पताल डुलाएका तस्बिरहरू सार्वजनिक भएका थिए । यस्ता विवरण खासगरी विपन्न वर्गले सधैँ व्यहोरिरहनुपरेको छ । यो अवस्था कोरोनाको प्रकोप सुरुभएदेखि नै हो । त्यो आजसम्म कायम नै छ भने आर्थिक स्थिति कमजोर भएका नागरिकका लागि राज्य कहाँ होला ?
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया