सन् २०२१ सम्ममा पाकिस्तानमा आर्थिक सुधारको अपेक्षा
इस्लामावाद भदौ ३१
पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले पक्षेपण गरेको छ । महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मंगलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ ।
‘पाकिस्तानले कोभिड–१९ द्वारा सिर्जना गरेको स्वास्थ्य र आर्थिक क्षेत्रको दोहोरो चुनौतीलाई समेट्न उल्लेखनीय सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ’, पाकिस्तानका लागि एडीबीका निर्देशक याङग सियाओङले भने, ‘कोरोना संक्रमणको दरमा विस्तारै कमी आएको र व्यवसायिक गतिविधि फेरि सुरु भएका कारण अर्थव्यवस्थामा सुधारको संकेत देखिएको छ ।’
एसियाली विकास समीक्षामा एडीबीले सन् २०२० मा पाकिस्तानका लागि ०.४ वृद्धिदरको पूर्वानुमान गरेको थियो तर सन् २०२१ का लागि यसमा परिमार्जन गर्दै २.० प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेको छ । सामान्य अवस्थामा यस वर्षको अप्रिलसम्मका लागि एडीबीले पाकिस्तानले २.६ प्रतिशत र अर्को वर्ष ३.२ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
तर कोरोना भाइरसका कारण विश्वव्यापी व्यवसायिक गतिविधिमा प्रभाव परेको र पाकिस्तान पनि यसबाट अछुतोे नरहने बैंकको समीक्षाले देखाएको छ । रिपोर्टमा भनिएको छ, ‘कोभिड–१९ ले सन् २०२० मा पाकिस्तानको आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ । आर्थिक वर्ष २०२० को पहिलो छ महिनामा प्राप्त लाभहरू महामारीका कारण प्रभावशून्य भएका छन् ।’ विदेशी पर्यटकलाई यात्रामा रोक तथा संक्रमण नियन्त्रणका लागि व्यवसायहरूलाई बन्द गर्नुपर्ने अवस्थाका कारण नियमित माग र आपूर्तिमा प्रभाव आएको बताइएको छ ।
खाद्यान्नको मूल्यवृद्धिले मुद्रास्फीति आर्थिक वर्ष २०१९ मा ६.८ रहेकोमा २०२० मा करिब चार प्रतिशतले वृद्धि भई १०.७ पुगेको थियो तर आर्थिक वर्ष २०२१ मा ७.५ प्रतिशत कायम रहने उल्लेख गरिएको छ । महामारी नियन्त्रणमा समय लाग्नु, तेलको मूल्य कम हुनु र स्थानीय मुद्रा अवमूल्यनका कारण व्यापारिक वस्तुको आयातमा निकै गिरावट आएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया