लाखौं रकम असुल्न खोज्ने आरबी ओभरसिजमा विभागको छापा
काठमाडौं, पुस १०
खाडी मुलुक पठाउने नाममा युवाहरुसँग गैरकानुनी रुपमा रकम लिने गोंगबुस्थित आरबी ओभरसिजमा वैदेशिक रोजगार विभागले मंगलबार छापा मारेको छ । ओभरसिजले युवाहरुलाई विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी दिएसँगै विभागले सो मेनपावरमा छापा मारेको जनाएको छ ।
विभागका महानिर्देशक भीष्म कुमार भुसालले आरबि ओभरसिजका सञ्चालक ऋषिराम कँडेलले आफ्ना कर्मचारीमार्फत खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै युवाहरुसँग अनावश्यक रकम लिएको अवस्थामा फेला परेकोे बताए । भोजपुरका पासाङ्ग नोर्बु शेर्पा यूएईस्थित सेक्यूरिटी कम्पनीमा काम लगाउने भन्दै कँडेलले लागतभन्दा बढी रकम असुल्न खोजेका थिए । विभागका अनुसार कंडेलले युएई पठाउने नामा शेर्पासँग पाँच लाख रुपैयाँ माग गरेको थिए ।
सोही रकम लिने क्रममा विभागले कँडेल र उनका सहयोगीलाई रङ्गेहात फेला पारेको महानिर्देशक भुसालले बताए । शेर्पाले ५० हजार पहिले नै नगद दिएका थिए । उनले २५ हजारजति कम गरिदिन भने पनि सञ्चालक नमानेको बताइएको छ । विभागका अनुसार कंँडेलले शेर्पालाई पाँच लाख नगद नबुझाउँदासम्म श्रम स्वीकृतिका लागि पेश नै नगर्ने बताउँदै आएसँगै उनले पाँच लाख दिने तयारी गरेका हुन् ।
विदेशमा काम गर्न जाने तयारीमा भए पनि सो रकम नलाग्ने भन्दै उनले विभागमा उजुरी दिएका थिए । विभागमा उजुरी गर्दा समेत उनलाई विदेश जानै नपाइने हो कि भनेर चिन्ता व्यक्त गरेका थिए । विभागले छापा मार्ने क्रममा भने शेर्पाको भिसा लागिसकेको पासपोर्ट समेत बरामद गरेको छ । विभागले सो मेनपावरविरुद्ध थप कारबाही प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया