ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ
लन्डन ।
युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ । बेलायतले सम्झौताको लागि गत हप्तासम्मका लागि ईयू शिखर सम्मेलनको म्याद थपेको थियो । तर प्रधानमन्त्री बोरिस जोनसनले ईयूले राखेका शर्तमा नै सम्झौता गर्न बेलायत तयार नभएको बरु सम्झौताहीन अवस्थामा ब्रेक्जिटका लागि तयार हुने बताएका थिए ।
यद्यपि वरिष्ठ मन्त्री माइकल गोभले आइतबार आफू अझै पनि ईयूसँग व्यापार सम्झौताका लागि आशावादी रहेको बताए । उनले बेलायती एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सम्झौताका लागि ढोका ‘खुला’ रहन्छ तर यसका लागि ईयूले आफ्नो अडान बदल्नुपर्ने बताए ।
दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने कुराको निर्धारण गर्ने देखिएको छ । बेलायतले आफ्नो पानीमाथि सार्वभौमिकता पुनःस्थापित गर्न चाहन्छ र यस सम्झौतामा बेलायतले ईयू–क्यानडाबीच भएको जस्तो साधारण व्यापार सम्झौता चाहन्छ । ईयूले बेलायतको अवस्था क्यानाडाभन्दा बिल्कुलै फरक रहेको बताउँदै आएको छ ।
गोभले स्काई न्यूजसँग भने, ‘म सम्झौताको पक्षमा छु र एउटा निष्कर्षमा पुग्न चाहन्छु तर त्यसो हुनको लागि दुवै पक्षले केही छोड्न र मध्यमबाटो अवलम्वन गर्न आवश्यक छ । ईयूले अहिले त्यस्तो गरिरहेको छैन ।’ सम्झौतामा पुग्न उनीहरू (ईयू–सदस्य राष्ट्रहरू) गम्भीर नबनेको उनको आरोप छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया