सेयर बजार पुनः दुई हजार अंकमा
७२ अंकले उकालो लाग्दा छ अर्ब ६६ करोडको कारोबार
काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः दुई हजार अंकमा चढेको छ । अघिल्लो दिन एक सय २३ अंकले ओरालो लागेर १९ सय अंकमा झरेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ७२ दशमलव २८ अंकले उकालो लागेर दुई हजार चार दशमलव ३९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव एक अंकले उकालो लागेर तीन सय ८२ दशमलव ७७ अंकमा चढेको छ । यसदिन कुल दुई सय छवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ६० हजार ५५ पटकसम्म कारोबार हुुँदा एक करोड १९ लाख २० हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम भने छ अर्ब ६६ करोड ७९ लाख ५६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक उकालो लाग्दा बजार पूरै हरियो भएको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक ३१ दशमलव ९१ अंकले उकालो लागेर १४ सय ६५ दशमलव ५९ अंंकमा चढेकोमा विकास बैंक समूहको सूचक ४३ दशमलव २५ अंकले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव २५ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि ९८ दशमलव ४७ अंकले उकालो लागेर १७ सय ४३ दशमलव ६३ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि एक सय २७ दशमलव ५५ अंकले उकालो लागेर तीन हजार ९१ दशमलव ९८ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि चार सय पाँच दशमलव ५४ अंकले उकालो लागेर नौ हजार सात सय ४८ दशमलव ८८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि छ सय ९८ दशमलव ८१ अंकले उकालो लागेर १२ हजार दुई सय ६४ दशमलव ६९ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ३० दशमलव नौ, ६० दशमलव छ, २० दशमलव ६५, दुई सय २४ दशमलव ७७, ८० दशमलव पाँच र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ३० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर दुई सय ८६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, अपर तामाकोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य छ दशमलव ६७ प्रतिशतले घटेर दुई सय ८० रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको एनआईसी एसिया डिवेञ्चर २०८३ को प्रतियुनिट सेयर मूल्य पनि दुुई प्रतिशतले घटेर एक हजार ७८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट बैंक, मल्टीपर्पस फिनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १६ सय ३० रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार नौ सय नौ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १८ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ४७ करोड ५९ लाख ७२ हजार छ सय ६६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
- दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जाको दुरुपयोग
- स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि
- निजी क्षेत्र परिचालन र आगामी बजेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया