डेढ करोड बढीको चेक अनादर मुद्दामा फरार पोद्दार पक्राउ
काठमाडौं ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसार पोद्दारलाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो । आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी–जानी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको एक करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादर कसुर गरेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा एक महिना कैद र एक करोड ६३ लाख बिगो भराउ तथा तीन हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा सीआईबी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पोद्दारलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया