चलचित्र निर्माण ठप्प भएपछि म्युजिक भिडियोमा व्यस्त नायक केसीले पाए अवार्ड
काठमाडौं ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण चलचित्र क्षेत्रको निर्माण ठप्प भएपछि म्युुजिक भिडियोमा व्यस्त रहेका नायक दिनेश केसीले अर्वाड पाएका छन् । नायक केसीले पछिल्लो पटक राजधानीमा सम्पन्न ‘नेसनल पावर न्यूज म्युजिक अवार्ड २०२०’ प्राप्त गरेका हुुन् ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नायक केसी बेस्ट मोडलको उपाधिबाट सम्मानित भएका हुन् । उनले नेपाली कला क्षेत्रमा पु-याएको योगदानको कदरस्वरूप विभिन्न संघसंस्थाबाट प्रशंसापत्र, प्रमाणपत्र र अन्य पुरस्कारहरू समेत पाइसकेका छन् । ‘यस्ता सम्मानहरूले आफ्नो कर्मप्रति थप जिम्मेवारी थपिएको महसुस हुुन्छ’, नायक केसीले सम्मान ग्रहण गर्दै भने ।
दर्जन चलचित्रमा काम गरिसकेका चकलेटी नायकको रूपमा परिचित केसी ठूलो पर्दाको चलचित्र निर्माण ठप्पजस्तै हुँदा म्युजिक भिडियोमा व्यस्त हुुन थालेका हुन् । आफ्नो काममा निकै नै अब्बल रहेका नायक केसी नेपाली सिने जगतका आशालाग्दा र निर्माता, निर्देशकको रोजाइमा पर्ने कलाकार हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया