हवाइ दुर्घटनामा मृत्यु ५० प्रतिशतले घट्यो
युरोप, पुस १८
गत वर्ष हवाइ दुर्घटनामा मृत्यु हुने संख्या ५० प्रतिशतले घटेको छ । एक हवाइ उद्योगसम्बन्धी अध्ययनले सन् २०१९ मा हवाइ दुर्घटनामा मर्ने संख्या घटेको देखाएको हो । उक्त वर्ष २ सय ५७ वटा हवाइ दुर्घटना भएका थिए । सन् २०१८ मा भने ५ सय ३४ हवाइ दुर्घटना भएका थिए । यो अध्ययन एभिएसन कन्सल्टेन्सी टु७० ले गरेको हो । मार्चमा गत वर्ष चर्चित विमान निर्माता बोइङको ७३७ म्याक्स विमान इथियोपियामा दुर्घटनाग्रस्त भएको थियो । हवाइ यात्रा बढे पनि दुर्घटना घटेको हो । सन् २०१९ मा ८६ वटा दुर्घटनामा ठूला व्यावसायिक विमानहरु संलग्न थिए । त्यसमध्ये आठवटा दुर्घटनामा २ सय ५७ जना मानिसहरुको मृत्यु भएको थियो ।
डच एभिएसन कन्सल्टेन्सीका अनुसार मार्चमा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १ सय ५७ जनाको मृत्यु भएको थियो । सो क्रममा कुलमध्ये करिब आधा मृत्यु सोही दुर्घटनामा भएको थियो । रिपोर्टअनुसार ठूला व्यावसायिक यात्रुवाहक विमानहरुको हरेक ५५ लाख ८० हजार उडानमा दुर्घटना भएको थियो । सन् २०१८ मा १ सय ६० वटा दुर्घटना भएका थिए । त्यसमा १३ वटा दुर्घटनाले ५ सय ३४ जनाको जीवन समाप्त पारेको थियो । दुर्घटना घटे पनि सन् २०१९ भन्दा बढी सुरक्षित हवाइ यात्रा भएको वर्ष भने २०१७ हो ।
उक्त वर्ष कुनै पनि जेट विमान दुर्घटनामा परेनन् । दुईवटा टर्बोप्रोप विमान दु्र्घटनामा १३ जना मर्नेबाहेक अन्य दुर्घटना नै भएनन् । उक्त अध्ययनले साना विमानलाई समावेश गरेको छैन । त्यस्तै सन् २०१९ मा यात्रु सुरक्षामा बढी नै ध्यानाकर्षण भएको पनि अध्ययनमा उल्लेख छ । विशेषगरी बोइङ म्याक्सजेट दुर्घटनापछि यस्तो सतर्कता अपनाइएको हो । अक्टोबर २०१८ मा लायन एयरको विमान दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो । त्यसको पाँच महिनापछि इथियोपियामा म्याक्सजेट विमान दुर्घटनामा १ सय ५७ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म पनि उक्त श्रेणीका विमान सेवामा फर्किएका छैनन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया