अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
दोलखा ।
अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा करिब १० हजार पर्यटक घुम्न पुगेका छन् । लकडाउनपछि एकैपटक ठूलो संख्यामा उक्त संख्यामा पहिलो पटक मानिसहरु कालिञ्चोक पुगेका हुन् । नयाँ वर्ष मनाउन दोलखा र आसपासका जिल्लाबाट मानिसहरु कालिञ्चोक पुगेका हुन् । शुक्रबार र शनिबार कालिञ्चोकका सबै होटल भरिभराउ देखिएका छन् ।
शुक्रबार करिब सात हजार र शनिबार तीन हजार मानिस कालिञ्चोक आएको कुरी बजारमा होटल व्यवसाय गर्दै आएका होटल सञ्चालक नवराज तामाङले जानकारी दिए । उनका अनुसार दुई दिनको अवधिमा केबलकार चडेर यात्रा गर्ने पर्यटकको संख्या ६ हजार रहेको छ । त्यस्तै चार हजारको हाराहारीमा पैदल हिँडेर मानिसहरुले मन्दिरको दर्शन गरेका छन् । कोरोना भाइरसको कारण १० महिना सुनसान बनेका कालिञ्चोका होटलहरु नयाँ वर्षमा भने भरिभराउ भएको थियो । यहाँ करिब ६० वटा सुविधासम्पन्न होटल नियमित सञ्चालनमा रहेका छन् ।
शुक्रबार पर्यटकको भीडले होटलमा कोठा नपाएर दर्जनौँ पर्यटक चरीकोट बजारमा बास बस्नका लागि झरेका थिए । त्यसैगरी शनिबार पनि मन्दिर आसपासमा पर्यटकको बाक्लो आवतजावत रहेकोे थियो । कोरोनाले वैशाखमा सुनसान देखिएको कालिञ्चोक पुसको अंग्रेजी नयाँ वर्षमा भने भरिभराउ देखिएको हो । लामो समय यात्रुविहीन बनेको केबलकारले समेत राम्रो आम्दानी गर्न सफल भएको छ । दुई दिनको अवधिमा केबलकार प्रालिले छ हजारभन्दा धेरै टिकट बिक्री गरेको कालिञ्चोक केबलकार प्रालिले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया