काठमाडौं ।
मेगा केबल नेट प्रालिका प्रबन्धक तथा मेगा सहकारीका अध्यक्ष बद्री पोखरेलले आफूविरुद्ध ठगी आरोप लगाएको भन्दै मेगा केबलका सञ्चालक श्याम प्रसाद पौडेललाई कम्पनीबाट निष्काशन गरेका छन् । सञ्चालक पौडेल मेगा केबलको आन्तरिक लेखापरीक्षण हेर्ने जिम्मेवारीमा थिए ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेकोले कम्पनीका कागजपत्रलगायतका सामग्री पौडेललाई नदिन कम्पनीले पीडी कार्की एण्ड एसोसिएसनलाई पत्र लेखेको छ । पौडेलले पोखरेलविरुद्ध रकम हिनामिना गरेको भन्दै महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दिएका थिए । पोखरेलविरुद्ध उजुरी दिएपछि पौडेल निष्काशनमा परेका हुन् ।
पौडेलले पोखरेलविरुद्ध सेयर ठगीको आरोप लगाएपछि पोखरेलले पनि मेगा केबल टिभीको नामबाट एक सूचना जारी गरी पौडेलले ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ लिएर फरार भएको बताएका छन् । सोमबार प्रकाशित सूचनामा पौडेलले कम्पनीबाट पेस्कीस्वरूप उक्त रकम लिएको र रकम लिएपछि फरार भएको उल्लेख छ । साथै पौडेललाई सात दिनभित्र उपस्थित हुन भनिएको छ ।
यता पौडेल भने पोखरेलले टेलिभिजनको रवाफ देखाएर आफ्नो सेयर रकम फिर्ता नदिई हत्याएको बताउँछन् । अध्यक्ष पोखरेलले सर्वसाधारणको करिब चार करोड बचत रहेको सहकारीको रकम निकालेर ठगी अभियोगमा जेल परेका वेभसर्फरका अध्यक्ष सुमन क्षेत्री र उनका दाजुभाइलाई निकाल्न प्रयोग गरेको समेत उनले बताए । मेगा केबलमा ५० प्रतिशत सेयर होल्डर रहेको वेभसर्फरको इन्भेस्टमेन्ट कम्पनी बोर्डका मालिक क्षेत्री दाजुभाइलाई निकाल्न सहकारीबाट ८५ लाख रुपैयाँ निकालेको केबलका सेयर सदस्य पौडेलले बताए ।
लेखापरीक्षण प्रतिवेदनअनुसार उनी आफैँ अध्यक्ष रहेको सहकारी मेगा प्लसबाट आफैँ अध्यक्ष प्रबन्ध सञ्चालक रहेको मेगा केबल नेटको नाममा एक करोडभन्दा बढी ऋण निकालिएको छ । आफू संलग्न भएकै कम्पनीको नाममा आफ्नै अध्यक्ष रहेको सहकारी तथा वित्तीय संस्थाबाट ऋण निकाल्नु नै ऋण अपचलन हो । मेगा सहकारीमा भइरहेको ऋण अपचलनको विषयमा सहकारी विभागमा समेत उजुरी गर्ने तयारी सेयर सदस्यहरुले गरेका छन् ।
सहकारीका अध्यक्ष पोखरेलले टेलिभिजन, सहकारीमा आफू र आफ्नो स्टाफले खाएको खाजा समेत मेगा केबलको नाममा बिल तिराउने गरेको सेयरधनी पौडेलको दाबी छ । सहकारीले पोखरेल नै अध्यक्ष रहेको मेगा केबललाई नै २१ प्रतिशत ब्याज र ३ प्रतिशत सेवाशुल्कमा ऋण लगाएको छ ।
‘मेगा केबलसँग २१ प्रतिशतको दरले ब्याज खाइरहेको छ भने सोही रुपमा हिसाब गर्दा केवलमा मात्रै उनले ३० देखि ३१ लाख रुपैयाँ अपचलन गरेका छन्’, पौडेलले भने । लेखापरीक्षण प्रतिवेदनअनुसार पोखरेलले सहकारीसँग कर्जा उपयोग पुष्टि नहुने कागजात पेश गरेर मेगा केबलको एकै नाममा पटक–पटक ४६ लाख रुपैयाँ निकालेका छन् । उनले आफैँ अध्यक्ष रहेको टेलिभिजनको नाममा समेत करोडौँ ऋण अपचलन गरेको स्रोतले जानकारी दियो । सहकारीबाट पोखरेलले सन् २०१७ जुन १४ मा लिएको ११ लाख रुपैयाँ ऋण कम्पनीको नाममा रहेको मेगा सहकारीकै खातामा समेत जम्मा भएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया