सिद्धार्थ बैंकका अध्यक्षद्वारा शपथग्रहण
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष मनोजकुमार केडियाले पद तथा गोपनीयतको शपथग्रहण गरेका छन् । बैंकका अनुसार यही माघ १६ गते बसेको सञ्चालक समितिको तीन सय ६२औँ बैठकबाट केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन भएका थिए । उनले माघ १८ गते आइतबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष गभर्नरको कार्यालयमा बैंकको सञ्चालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका हुुन् । उनी यसअघि पनि मिति २०७३/११/०५ देखि २०७७/१०/१६ सम्म बैंकको सञ्चालक समितिको अध्यक्ष रहँदै आएका थिए ।
उनले केडिया अर्गनाइजेसन, केडिया इन्टरनेसनल प्रालि, वृज सिमेन्ट इन्डष्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट प्रालि, श्री स्टिलस प्रालि, एसियन कन क्रेटो प्रालि, वृज ग्लास इन्डष्ट्रिज प्रालि, केडिया इन्भेष्टमेन्ट कर्पोरेसन प्रालिलगायतका कम्पनीहरूमा अध्यक्ष, प्रबन्ध सञ्चालकको रूपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया