टचस्क्रिनमा समस्या देखिएपछि टेस्लाले अमेरिकामा कार फिर्ता गर्दै
अमेरिका ।
टेस्लाले अमेरिकामा ठूलो परिमाणमा कारहरु फिर्ता लिने भएको छ । मोडल एस र मोडल एक्स कारहरुको टचस्क्रिनमा समस्या आएको र दुर्घटना बढाउनसक्ने भएकोले फिर्ता गर्नलागेको बीबीसीले जनाएको छ ।
जनवरीमा द नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले टेस्लालाई कार फिर्ता गर्न पत्रमार्फत आग्रह गरेको थियो । त्यतिबेला टेस्लाले कुनै वास्ता नगरेको बताइएको छ । तर अहिले सन् २०१२ देखि २०१८ सम्म बनेका मोडल एस सेडान र सन् २०१६ देखि २०१८ सम्म बनेका मोडल एक्स एसयूभीका चालकहरुलाई अब के गर्ने भन्नेबारे टेस्लाले इमेल पठाएको छ । मिडिया कन्ट्रोल युनिट (एमसीयू)को मेमोरी चिपमा समस्या देखिएको हो ।
यसले सुरक्षा जोखिम बनाउनसक्नेछ । यसले पछाडिको क्यामरामा तस्बिर नआउने, हिटिङ कन्ट्रोल, एयर कन्डिसनिङ र डिफ्रोस्टिङमा समस्या हुनसक्नेछ । त्यस्तै ड्राइभ असिस्टेन्ट अटोपाइलट फिचरमा समेत समस्या हुने बताइएको छ । उक्त मोडलका कारहरु मार्चपछि फिर्ता गर्न सुरु हुनेछ । टेस्लामाथि १ लाख ५८ कारहरु फिर्ता गर्न माग भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: महासङ्घ अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया