Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकांश लघुुवित्त नाफामा

अधिकांश लघुुवित्त नाफामा

तीन दर्जन लघुवित्तद्वारा वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ


काठमाडौं ।
सञ्चालनमा रहेका तीन दर्जनभन्दा बढी लघुुवित्त वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुुवित्त संस्थाहरुले त्रैमासिक सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्छ ।

तर हालसम्म सञ्चालनमा रहेका ७६ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३४ वटाले मात्र दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । अझैसम्म ४२ वटा संस्थाहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्त संस्थाहरुमध्ये अधिकांशको नाफा बढेको छ । जसमध्ये फर्ष्ट माइक्रो लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिकमा छ करोड २८ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ६९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिकमा छ अर्ब ६७ करोड ३१ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । महिला लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा पाँच करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड नौ लाख ५८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी छ करोड रुपैयाँ रहेको महिलाले चालू आवको पछिल्लो अवधिमा ७८ करोड ५३ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८१ करोड ४२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९८ लाख चार हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको मिर्मिरेले चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ६७ करोड ५३ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ९० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

लक्ष्मी लघुुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिकमा नौ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड आठ लाख ९८ हजार रुपैयाँ रहेको थियो । यसैगरी नेपाल एग्रो लघुुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा एक करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको थियो । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले भने चालू आवको दोस्रो त्रैमासिकमा ११ करोड ४७ लाख ४७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १४ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी आरएसडीसी लघुुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा पाँच करोड २२ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ६० लाख ८४ हजार रुपैयाँ रहेको थियो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २० करोड नौ लाख ९२ हजार रुपैयाँ रहेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा छ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यीबाहेक एनआईसी एशिया लघुुवित्त, समता लघुुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः १५ करोड ९७ लाख ९३ हजार, तीन करोड ६४ लाख १३ हजार र एक करोड ४८ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सामुदायिक लघुवित्त, आशा र सिभिलले भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ४५ लाख ९३ हजार, सात करोड १६ हजार र दुुई करोड ७४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्त संस्थाहरुमध्ये सारथि, घोडीघोडा, मेरो माइक्रोफाइनान्स, गुराँस लघुुवित्त, छिमेक, जीवन विकास, फरवार्ड माइक्रोफाइनान्स, वोमी आदिको खुद मुनाफा पनि सन्तोषजनक देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया