विद्युत् र टेलिफोन नहुँदा बैंकिङ सेवा बन्द
आशिषबहादुर सिंह
बझाङ, पुस २२
हिमपातका कारण बझाङमा एक हप्तादेखि विद्युत् सेवा नहुँदा बैंकिङ सेवा पनि बन्द भएको छ । गत बुधबार रातिदेखि लगातार परेको हिमपातका कारण विद्युत् सेवाका साथै टेलिफोन, इन्टरनेट र बैंकिङ सेवा पनि अवरुद्ध भएको छ । विद्युत् तथा सञ्चार सेवा नै अवरुद्ध भएपछि यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ । विद्युत् प्राधिकरण बझाङ शाखाले विभिन्न स्थानमा बिजुलीको पोल ढलेको कारण विद्युत् प्रवाह हुन नसकेको जानकारी दिएको छ । टेलिफोन सेवा अवरुद्ध भएकाले हप्ता दिनदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज ठप्पजस्तै भएको छ ।
खप्तड छान्ना गाउँपालिकाका लेखापाल लक्ष्मी जोशीले जिल्लाभरि नेटवर्क सेवा बन्द भएकाले कार्यलयको सम्पूर्ण काममा बाधा पुगेको बताए । बैकिङ सेवामा समस्या आएसँगै बैंकमा पैसा निकाल्न र राख्न आएकाहरूसमेत समस्यामा परेका छन् । एक हप्तादेखि विद्युतीय सेवा अवरुद्ध हुँदा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयको आरोप छ । यता, दुरसञ्चार कार्यालयले बाक्लो हिमपातका कारण सोलार ब्याट्री चार्ज गर्न नसकिएकाले सम्पूर्ण सेवामा समस्या आएको जवाफ दिने गरेको छ । समस्या समाधानका लागि आफूहरू लागिपरेको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया