युरोप, पुस २२
मध्यपूर्वमा एक्कासि बढेको तनावले कच्चा तेलको मूल्य तीव्र रुपमा बढेको छ । सोमबार कच्चा तेल प्रतिब्यारेल ७० डलर माथि पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । ब्रेन्ट क्रुड २.४ प्रतिशतले बढेर ७०.२४ डलर प्रतिब्यारेल पुगेको छ । यो मूल्य गत छ महिनायताकै उच्च हो । अमेरिकी कच्चा तेलको मूल्य पनि २.१ प्रतिशतले बढेर ६४.३६ डलर प्रतिब्यारेल पुगेको छ । अमेरिकी सेनाको कारबाहीमा इराकी राजधानी सहर बग्दादमा इरानी सेनाका कमान्डर कासिम सुलेमानीको मृत्यु भएसँगै मध्यपूर्वमा दिनप्रतिदिन तनाव बढेको छ ।
अमेरिकाले मध्यपूर्वमा थप अशान्ति फैलाए इरानविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिइरहेको छ । कासिम मारिएको दिन नै कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको थियो । मध्यपूर्व कच्चा तेलको मुख्य उत्पादन हुने क्षेत्र भएकाले यो घटनाले खाडीमा तरंग मच्चाएको छ । तेलको मूल्यमात्र हैन, सेयरबजारमा पनि उत्तिकै प्रभाव परेको छ । उक्त घटनाले विश्व सेयरबजार गिरावटतर्फ अग्रसर देखिएको छ ।
सोमबार दक्षिण कोरियाको कोस्पी शून्य दशमलव ८ प्रतिशतले ओरालो लाग्दा हंगकंगको हांगसेंग सूचक शून्य दशमलव ७ प्रतिशतले झरेको छ । चीनको सांघाई कम्पोसाइट पनि सूचक घटेर सुरु भएको थियो । तर पछि हरियो भएको थियो । जापानको निक्की २२५ २.१ प्रतिशतले घटेको छ भने अन्यत्र बजारमा पनि उतारचढाव आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया