कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य
काठमाडौं ।
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरूको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको हो । उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरूलाई उक्त कर्जा सुविधा प्रदान गरिनेछ ।
यसरी प्रदान गरिने अधिविकर्ष तथा चालू पुँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँसम्म रहनेछ । उक्त कर्जाहरू व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिनेछ ।
बैंकले हाल एक सय ९२ शाखा सञ्जाल, एक सय ५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सेवासुविधाहरू उपलब्ध गराइरहेकोे कुमारीले स्थानीय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरूमा अझ प्रभावकारी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया