कालिञ्चोक गाउँपालिकामा धमाधम बन्दै वडा कार्यालय भवन
दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले धमाधम वडा कार्यालय भवन निर्माण गरिरहेको छ । पालिकाले चालू आर्थिक वर्षभित्र चारवटा वडाको कार्यालय भवन निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार गाउँपालिकाले वडा नम्बर ३ र ९ को भवन निर्माणसम्पन्न गरिसकेको छ ।
त्यसैगरी वडा नम्बर १ को भवनको दोस्रो तलाको ढलान सकिएको छ भने वडा नम्बर ५, ६, ७ को भवन निर्माण भइरहेको छ । बाँकी वडाको कार्यालय भवन पनि यसैवर्ष निर्माण सुरु गर्ने उनले जानकारी दिए । वडा कार्यालय भवन तथा स्वास्थ्य चौकीलगायतको भौतिक संरचना बनाउन गाउँपालिकाले हालसम्म करिब २० करोड खर्च गरेको गाउँपालिका प्रमुख इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए । साथै उनले पहिले नै बनेका भवनहरुलाई पनि मर्मत गरेर वडा कार्यालय राख्ने तयारी गरिरहेको बताए । बनेका भवनलाई मर्मत गर्न लाग्ने खर्च र नयाँ भवनको लागि क्रमागतरूपमा बजेट थप गर्दै लैजाने उनको भनाइ छ ।
वडा नम्बर ३ को भवन निर्माण गर्न गाउँपालिकाले तीन चरणमा ४१ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी अन्य वडा कार्यालय भवन निर्माणका लागि क्रमागतरूपमा ४० लाख बजेट छुट्याएको गाउँपालिकाले जनाएको छ । निर्माण हुन बाँकी रहेको वडा नम्बर २ र ४ को भवन चालू वर्षमा निर्माण सुरु हुनेछन् । त्यसैगरी गाउँपालिकाले वडामा स्वास्थ्य कार्यालय भवन निर्माण तथा मर्मत र सडक निर्माण गरिरहेको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया