सिडनी ।
फेसबुकले अस्ट्रेलियामा न्युज फिड रोकेपछि बिहीबार सामाजिक सञ्जालप्रति चर्को आलोचना भएको छ । अस्ट्रेलियाली सरकारसँग फेसबुकमा राखिने समाचारजन्य सामग्रीलाई लिएर विवाद बढेको हो । मिडिया संगठन, राजनीतिज्ञ र मानवअधिकारवादी समूहहरुले फेसबुकको कदमको आलोचना गरेका छन् । फेसबुकले बिहीबार आधिकारिक स्वास्थ्य पेज र आकस्मिक चेतावनीलगायत पनि हटाइदिएको थियो । अस्ट्रेलियाले राष्ट्रव्यापी कोभिड १९ खोप कार्यक्रम सुरु गर्नु तीन दिनअघि फेसबुकले कदम चालेको बताइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको चर्को आलोचना गरेका छन् । मरिसनले धेरै देशहरुले ठूला प्रविधि कम्पनीको व्यवहारलाई नरुचाएको भन्दै उनले यी कम्पनीले सरकारभन्दा आफूलाई ठूलो ठान्न थालेको बताए । फेसबुक र अस्ट्रेलियाली सरकारसँगको विवादको चुरो भने प्रस्तावित एउटा कानुन हो । जसले फेसबुक र गुगलले समाचार सेवादातृ संस्थालाई फेसबुकमा समाचार पोष्ट भएबापत पैसा दिनुपर्ने प्रावधान बनाएको छ ।
अस्ट्रेलिया यी कम्पनीको लागि सानो बजार भए पनि यसलाई विश्वका अन्य सरकारी नियामकहरुले नजिकबाट नियालेका छन् । त्यही भएर यसलाई परीक्षण कामका रुपमा लिइएको छ । यदि अन्य देशले पनि यस्तै कानुन बनाए भने सामाजिक सञ्जाल कम्पनीहरुले ठूलो राजस्व समाचार दिने संस्थालाई बुझाउनुपर्नेछ । अस्ट्रेलियाबाहिरका समाचार संस्थाहरुले पनि फेसबुकको चर्को आलोचना गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया