स्मार्टफोन बिक्री घटेपछि हुवावेले थाल्यो सुंगुरपालन !
वेइजिङ ।
चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले सुंगुर कृषकलाई आफ्नो प्रविधि प्रयोग गराउने भएको छ । अहिले स्मार्टफोनको बिक्री घटेसँगै हुवावेले आफ्नो प्रविधि प्रयोगको क्षेत्र विस्तार गर्नलागेको हो । ट्रम्प प्रशासनले हुवावेको धेरै सामग्री आपूर्तिकर्तासँगको पहुँच रोकेको थियो । यसले कम्पनीलाई अप्ठ्यारो परिरहेको छ । स्मार्टफोन बिक्रीमा समस्या बढेपछि कम्पनीले अन्य स्रोतबाट राजस्व संकलन गर्ने क्षेत्र खोजिरहेको छ । उसले सुंगुरपालक कृषकलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि उपलब्ध गराएर कोइला खानीसम्बन्धी उद्योगमा समेत प्रवर्द्धन गर्नखोजेको बीबीसीले जनाएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेले प्रयोगकर्ताको तथ्यांक चिनियाँ सरकार चलाइरहेको कम्युनिस्ट पार्टीलाई बुझाएको आरोप लगाउँदै यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा दख्खल पु-याउनसक्ने बहानामा हुवावेमाथि कडा नीति अख्तियार गरेका थिए । तर कम्पनीले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।
परिणामतः विश्वकै ठूलो दूरसञ्चार सामग्री निर्माताको उपाधि पाएको हुवावेले फोरजी मोडलहरु निर्माणमा खुम्चिनुपरेको छ । फाइभजी मोडलमा चाहिने उपकरण अमेरिकी प्रतिबन्धपछि कम्पनीले पाउनसकेको छैन । गत वर्ष अर्थात् सन् २०२० को अन्तिम त्रैमासिकमा हुवावेको स्मार्टफोन बिक्री ४२ प्रतिशतले घटेको छ । किनकि यसले माइक्रोचिपहरु पाउन नै सकेको छैन । धेरै देशमा फाइभजी विकास गर्न खोजिरहेको उसलाई अहिले अप्ठ्यारो समेत परेको छ । स्रोतहरुका अनुसार बिक्री घटेको कारण कम्पनीले स्मार्टफोन उत्पादन नै यो वर्ष ६० प्रतिशतले घटाउनलागेको छ । तर उसले आधिकारिक रुपमा भने उसले केही बताएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया