फोन लोनमा सर्वसाधारणको आकर्षण बढ्दै, सय दिनमा एक हजार जनाले लिए ऋण
काठमाडौँ ।
फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीव्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो ।
बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रुपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंक सम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन ।
ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । विनाधितो, विनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । उनले भने, एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ । जसलाई बैंकहरूले एडप्ट गरिदिए । यो सुविधामा अहिले बैंकहरूमा आकर्षण निकै देखिएको छ ।
आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ । एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविकिो निर्माण गरेको छ । यस्तै एफवान सफ्टले ई–सेवा र फोन–पेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट गु्रपले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया