नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता
काठमाडौं ।
पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैया र नगरपालिकाले थप ५ सय रुपैया गरि मासिक १ हजार रुपैयाको दरले प्रतिमहिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागीता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ ।
नगरपालिकाको यस कार्यक्रमलाई एन आइ सि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्वअन्र्तगत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया