बजार परिसुचक २४ सय ७४ अंकमा
७९ अंकले ओरालो लाग्दा आठ अर्ब ३५ करोडको सेयर खरिद बिक्री
काठमाडौँ ।
सेयर बजार परिसुचक २५ अंकबाट तल झरेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ७९ दसमलव ७४ अंकले ओरालो लागेर २४ सय ७४ दसमलव ३९ अंकमा झरेको हो ।क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज १४ दसमलव ५३ अंकले ओरालो लागेर चार सय ४७ दसमलव २९ अंकमा झरेको छ ।
आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय सात वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ९६ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ६० लाख १७ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार आठ सय १४ रुपैयाँ पुगेको छ ।
आज कारोवार भएका कुुल उपसमुह मध्ये होटल र पयर्टन उपसमुहको सुचकमा झिनो अंकले सुधार देखिएपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा सहितका १२ वटा उपसमुहको सुचक ओरालो लागेकाछन ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया