नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
काठमाडौं ।
नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकैदिन एक सय १८ जनालाई फोन–पेको क्यूआर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाइक मर्मत पसल, होटल रेष्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीहरूलाई क्यूआर स्टेन्ड वितरण गरिएको उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाखीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरलरूपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरूले यस किसिमको जागरणका कामहरू गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थ नगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा नेपाल बैंकद्वारा सञ्चालन गरिने फोन–पेको क्यूआर प्रयोगबाट नगदरहित कारोबार बढ्न जाँदा यसले समग्ररूपमा देशलाई नै फाइदा पुग्ने बताए ।
शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङदोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण बत्स्याललगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताए । कार्यक्रम लक्ष्मी शर्माको स्वागत तथा शिवसुन्दर पोखरेलको सञ्चालनमा होटल पौवा, तानसेनमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया