सिंगटी हाइड्रो इनर्जीले २९ करोड रुपैयाँको सेयर जारी गर्ने
काठमाडौँ ।
सिंगटी हाइड्रोपावर कम्पनीले २९ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत छ गतेबाट २९ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्न लागेको हो । कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ करोड रुपैयाँबराबरको २९ लाख कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागिएको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही चैत १० गते र ढिलोमा चैत्र २० गते बन्द हुुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता, सामूहिक लगानी कोषको लागि पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता र बाँकी २६ लाख ९७ हजार कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम दुई लाख कित्तासम्मको सेयर खरिद लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया