बालाजु माछापोखरी बुद्धमलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा
काठमाडौं ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउँदै ‘रश्मिलाज् फेसियल हाउस’ले बिहीबार बुद्ध मलमा तेस्रो शाखा खोलेको हो । उक्त शाखाको निर्देशक दिनेश डिसी, पत्रकार ऋषि धमला र नायिका अनु शाहले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकी सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिइन् । रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गोंगबुस्थित बिजी मलमा अलग–अलग शाखा छन् ।
रश्मिलाज फेसियल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो । रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । रश्मिलाज् फेसियल हाउसले काठमाडौं उपत्यकामा कम्तीमा दश वटा शाखा स्थापना गर्ने योजना बनाएको उनको भनाइ छ । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्यसम्बन्धी विशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिँदै आएको छ ।
सम्पूर्ण सुविधासम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् । यहाँ महिला र पुरुष दुवैका लागि फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया