काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आपूर्तिमा कटौती नगर्न सरकारसँग माग गरेको छ । लामो समयदेखि अव्यावहारिक किसिमले सुनको आपूर्तिमा अत्यधिक कटौती गरिएको भन्दै महासंघले मुलुकभर सुनको चरम अभाव सिर्जना भएको जनाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतबार भेट गरी महासंघका अध्यक्ष रमेश महर्जनले अव्यावहारिक किसिमले सुनको आपूर्तिमा अत्यधिक कटौती गरिँदा अवैध कारोबारले प्रश्रय पाउने बताए । अवैध कारोबारले प्रश्रय पाउँदा बजार र समग्र गहना व्यवसायीलाई नै प्रतिकूल असर पर्ने अवस्था उत्पन्न भएकोले सरकारले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताए ।
यस्तै महासंघले दैनिक २० देखि २५ केजी सुन बिक्रीवितरण हुँदै आएकोमा ‘कोभिड–१९’ को संक्रमणपश्चात् दैनिक १० केजीमा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरू पूर्ववतरूपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पूर्ववत स्थितिमा नै लैजानु अति जरुरी भएको बताएको छ ।
अवैध तत्वले चरम अभावको फाइदा लिन सक्ने र मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढ्ने तथा राजस्व चुहावटको सम्भावना अधिक हुने भएकोले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाइनुपर्ने महासंघको माघ छ ।
सुनको बिक्रीवितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा बिक्रीवितरण कार्यविधि–२०६८’ ले तोकेअनुसार काठमाडौँको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य आठवटा स्थानहरूबाट सुनको बिक्रीवितरण हुनुपर्ने महासंघको भनाइ छ ।
मुलुकभर सदस्यहरू रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकोले यस महासंघलाई जिल्लाको कोटा अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
महासंघले आइतबार नै प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को सचिवालयका सचिव डा. बैकुण्ठ अर्याललाई भटी आफ्ना मागका बारेमा जानकारी गराएको छ । भेटमा महासंघका अध्यक्ष महर्जन, प्रथम उपाध्यक्ष रुद्रबहादुर बराइली र कोषाध्यक्ष द्वारीका विश्वकर्मा सहभागी थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया