बैंकिङ कसुरका ढुंगाना पक्राउ, एक महिना कैदसहित एक करोड ८५ लाख जरिवाना
काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगानालाई पक्राउ गरेको छ । सीआईबीको प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ढुंगानालाई मंगलबार काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरिएको हो ।
उर्मिला कँडेलको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी ढुंगाना भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले झापा जिल्लाको साबिक महारानीझोडा गाविस वडा नं. ३ परिवर्तित गौरादह नगरपालिका वडा नं.–१ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्वाराही बस्ने वर्ष ५१ को ढुंगानालाई एक महिना कैद र बिगोबमोजिम एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो । ‘सोपश्चात् उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादीलाई सीआईबीबाट खटिएको टोलीले मंगलबार धुम्वाराही काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो’, प्रवक्ता पन्तले भनिन् । प्रवक्ता प्रहरी उपरीक्षक पन्तका अनुसार पक्राउ परेका ढुंगानालाई बुधबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रवक्ता पन्तका अनुसार प्रतिवादी ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको उर्मिला कँडेलको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी दिएका थिए । ‘पीडित जाहेरवाला कँडेललाई उक्त दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट ढुंगानाको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो’, प्रवक्ता पन्तले भनिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया