काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्पष्टीकरण सोधेको छ । नेप्सेले बैंकको नाउँमा लेखेको स्पष्टीकरणसम्बन्धी पत्रमा भनिएको छ, उपयुुक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सम्बन्धमा कुनै एक अनलाइन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको बण्ड ल्याउने, लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुुने शीर्षकसम्बन्धी समाचार सम्वन्धमा सत्य तथ्य के कसो भएको हो ?
चालू आर्थिक वर्षभित्रमा नै आठ दशमलव पाँच प्रतिशतको ब्याज तोकी त्यस कम्पनीले बण्ड जारी गर्ने र सो लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचार के–कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के–कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तीय संस्थाको लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रामा सत्य हो, होइन, इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के–कति मात्रामा कस्तो छलफल अघि बढाइएको हो ?
कम्पनीको मुुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संंवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के–कति कारणले यस्तो प्रचार गरिएको हो ? चैत तीन गतेको मितिले तीन कार्य दिनभित्र सो सम्बन्धमा स्पष्टीकरण दिनुहोला नेप्सेद्वारा जारी गरिएको पत्रमा भनिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया