माछापुुच्छ्रे बैंकको एटीएम फुुटाउँदै गर्दा पक्राउ
काठमाडौं, पुस २७
एटीएम मेसिन फुुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरबाट खटिएको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको त्रिवेणी नगरपालिका ६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटीएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फुुटाउँदै गरेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसैगरी प्रहरीले गोसाईकुण्ड गाउँपालिका २ रसुवागढीबाट आमाछो दिङ्मो गाउँपालिका ४ गोल्जुङ बस्ने २२ वर्षीय कान्छा कुमार घलेलाई सात हजार अमेरिकी डलरसहित शनिबार बिहान पक्राउ गरेको छ । सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा.नं. २१ टिमुरेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ जान लागेका घलेलाई उक्त डलरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया