पाकिस्तानले भारतबाट कटन आयात गर्ने
नयाँ दिल्ली ।
पाकिस्तान सरकारले भारतबाट कटन आयातलाई अनुमति दिने निर्णय गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार योसँगै पाकिस्तानी टेक्स्टाइल उद्योगलाई राहत भएको छ ।
पाकिस्तान सरकारको आर्थिक सहकार्य समिति (ईसीसी)ले कपास र धागो आयात गर्न दिने निर्णय गरेको बताइएको छ । बुधबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै पाकिस्तान टेक्स्टाइल एक्सपोर्टर्स एसोसिएसनका प्रमुख खुराम मुख्तरले यसबारे जानकारी दिएका हुन् । योसँगै निकट भविष्यमै भारतबाट कटन आयात हुने उनले बताए । कटन टेक्स्टाइल इन्डस्ट्रीमा कच्चा पदार्थको चरम अभावलाई मध्यनजर गर्दै पाकिस्तानी सरकारले यस्तो निर्णय गरेको हो ।
सन् २०१९ मा भारतले जम्मु र काश्मिरलाई दिएको विशेष राज्यको दर्जा हटाएपछि रुष्ट पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध निलम्बन गरेको थियो । तर सन् २०२० मा पाकिस्तानले घरेलु माग पूरा गर्न औषधि र यसका कच्चा पदार्थ आयात गर्न सुरु गरेको थियो । भारतसँगको व्यापार सम्बन्ध निलम्बन गर्दा पाकिस्तानको कपडा उद्योग क्षेत्रमा नराम्रो प्रभाव परेको बताइएको छ । सोही कारण कटन आयात गर्नुपर्ने निष्कर्षमा पाकिस्तान पुगेको हो ।
खुरामका अनुसार पाकिस्तानलाई डेढ करोड बेल कटन प्रतिवर्ष आवश्यक पर्छ । पाकिस्तानमै भने केवल ९५ लाख बेल कटन प्रतिवर्ष उत्पादन हुने गरेको छ । सोही कारण उद्योग क्षेत्रको माग धान्न गाह्रो हुने गरेको छ । पाकिस्तानले कटन बेल र धागो अमेरिका, अस्ट्रेलिया, अफ्रिका र इजिप्टबाट समेत आयात गर्ने गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया