विश्व अर्थतन्त्रमा बलियो पुनरुत्थान हुने मुद्रा कोषको अनुमान
अमेरिका ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले यो र आगामी आर्थिक वर्षमा विश्व अर्थतन्त्र बलियो पुनरुत्थान हुने जनाएको छ । कोषले गत जनवरीमा गरेको अनुमान प्रक्षेपणलाई ‘अपग्रेड’ गर्दै विश्व अर्थतन्त्रमा बलियो सुधार हुने जनाएको हो । तर यस्तो सुधार देशहरुबीचमा खतरनाक हिसाबले फरक फरक हुने कोषले चेतावनी दिएको छ ।
कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र छ प्रतिशतले वृद्धि हुनेछ भने अर्को वर्ष ४.४ प्रतिशतले हुनेछ । दुवै वृद्धिदर गत जनवरीभन्दा बढी हो । खासगरी विश्वका विकसित अर्थतन्त्रमा त्यसमा पनि अमेरिकी अर्थतन्त्रमा बलियो सुधार हुने कोषको प्रक्षेपण छ । एउटा ब्लगमा आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य र आर्थिक क्षेत्रमा देखिने गरी संकट देखिएको बताएकी छिन् । तर खोप अभियानका कारण धेरैजसो अर्थतन्त्रमा यो वर्ष सुधारको बलियो प्रभाव देखिनेछ । खोप अभियान कम भएका, अर्थतन्त्रलाई सीमित सहयोग हुने आर्थिक नीति ल्याएका र पर्यटनमा आश्रित अर्थतन्त्रमा भने कम सुधार हुनेछ । खासगरी विकासशील देशमा अघिल्ला दुई कारणले प्रभाव पारेको ब्लगमा उल्लेख छ ।
चीनजस्ता उदाउँदा अर्थतन्त्र भने यसअघि नै महामारीअघिकै अवस्थामा फर्किसकेका छन् । तर धेरै अरु अर्थतन्त्र भने सन् २०२३ पछि मात्रै पुनरुत्थान हुनेछन् । रिपोर्टअनुसार सन् २०२० देखि २०२२ सम्म प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी यस्ता देशमा २० प्रतिशत हुनसक्नेछ । विकसित संसारमा भने यस्तो दर ११ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । त्यस्तै रिपोर्टले गरिबी न्यूनीकरणमा यसअघि पाएको सफलता उल्टिएको छ । कोषका अनुसार गत वर्ष अतिगरिबको संख्या नौ करोड ५० लाखले बढेको छ । यसमा आठ करोड संख्या कुपोषित जनसंख्या छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया