माइक्रोसफ्टले मलेसियामा एक अर्ब डलर लगानी गर्दै
मकवानपुर ।
माइक्रोसफ्ट कर्पोरेसनले आगामी पाँच वर्षमा मलेसियामा एक अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीले सरकारी संस्था र स्थानीय कम्पनीसँगको नयाँ साझेदारी कार्यक्रमअनुसार उक्त लगानी गर्नलागेको दक्षिणपूर्वी राष्ट्र मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले बताएको रोयटर्सले जनाएको छ ।
गत फेब्रुअरीमा मलेसियाले माइक्रोसफ्ट, गुगल, अमेजन र टेलिकम मलेसिया कम्पनीलाई सशर्त स्वीकृति दिएपछि अमेरिकी प्रविधि कम्पनीले ठूलो लगानीको घोषणा गरेको हो । यो लगानी हाइपर स्केलको डेटा सेन्टर बनाउन/व्यवस्थापन गर्न र क्लाउड सेवाका लागि भएको बताइएको छ ।
गत वर्ष ६८ प्रतिशतले प्रत्यक्ष वैदेशिक लगानी घटेको अवस्थामा मलेसियाले ठूलो लगानी भित्र्याउनलागेको हो । मलेसियाले आफूलाई सधैँ लगानीको गन्तव्य राष्ट्र मान्दै आएको छ । धेरैभन्दा धेरै एफडीआई आकर्षित गर्न इन्सेन्टिभलगायतबारे सोचिरहेको भर्खरै अर्थमन्त्रीले बताएका थिए ।
यी क्लाउड सेवाप्रदायकबाट पाँच वर्षमा कुल दुई अर्ब ९१ करोडदेखि तीन अर्ब ६४ करोड डलरबराबर लगानी आउने मलेसियाले जनाएको छ । बर्सामा मलेसिया इनिसिएटिभको एक भागको रुपमा माइक्रोसफ्टले आफ्नो पहिलो डेटासेन्टर रिजन स्थापना गर्नेछ । यसमा धेरैखाले डेटा सेन्टरहरु रहनेछन् । यो धेरै देशबाट आउने डेटा व्यवस्थापनका लागि भएको प्रधानमन्त्री यासिनले एउटा कार्यक्रम सार्वजनिक गर्दै बताए ।
‘स्थापना हुने डेटासेन्टरले मलेसियाका लागि खेल परिवर्तन गर्नेछ’, माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष जिन फिलिप कर्टिसले एक वक्तव्यमा भने, ‘यसले सरकार र व्यवसायलाई उनीहरुको अपरेसन परिवर्तनमा सक्रिय पार्नेछ ।’ यो कार्यक्रमअनुसार माइक्रोसफ्टले १० लाख मलेसियालीलाई सन् २०२३ सम्म डिजिटल सीपमा सघाउनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया